काठमाडौँ: मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लागि आज समानुपातिक प्रणालीतर्फ उमेदवारको बन्दसूचीको सूचना प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
निर्वाचन आयोगले दलहरुबाट पेस भएबमोजिम संशोधित बन्दसूचीमा कुनै उमेदवारले नाम फिर्ता लिन चाहेमा असोज १७ गते समय दिइ सोबारे सम्बन्धित दललाई जानकारी दिइसकेको छ ।
यही असोज २० गतेदेखि आज ३ बजेसम्म उमेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उमेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने निर्वाचन कार्यक्रम रहेको छ ।
आजै ३ देखि ५ बजेसम्म सूची प्रकाशन गरिने आयोगले जनाएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि असोज २३ गते (भोलि) उमेदवारीको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।
[sidebar name="button post"]









