जुम्लामा पहिरो अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो

जुम्ला: जुम्लाको कनकासुन्दरी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । त्यस्तै दुई जना घाइते भएका छन् ।

बुधबारदेखि परेको वर्षाका कारण शनिबार बिहान ४ बजे घरमा सुतिरहेको अवस्थामा पहिरो जाँदा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा जुम्ला कन्कासुन्दरी-५  का ५५ वर्षीय गणेशबहादुर शाही, उनका २२ वर्षीया छोरा रमेशबहादुर शाही, ९ वर्षका अनमोल शाही, ६ वर्षका मिलन शाही, उनकी श्रीमती पानसरा शाही र छिमेकी २४ वर्षीया सुरेन्द्र हमाल रहेका छन् ।

पहिरोमा परी एक जना बेपत्ता भएका छन् भने दुई जनाको जिवितै उद्धार गरिएको  छ । बेपत्ता हुनेमा २२ वर्षीया विद्या शाही रहेकी छन् । उनको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

[sidebar name="button post"]