जुम्ला: जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर एकै परिवारका पाँचजनाको मृत्यु भएको छ।
कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ बारकोटेबाडामा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको र दुई जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
यस्तै पहिरोमा पुरिएका दुई जनाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए। अवस्था गम्भीर भएका उनीहरुलाई हेलिकप्टबाट उपचारका लागि सुर्खेत पठाउने तयारी भइरहेको प्रजिअ केशरीले नेपाललाइभसँग बताए।
बेपत्ता हुनेमा भने सुरेन्द्र हमाल र गणेश बहादुर शाही रहेका छन् । हाल उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट दुई जनालाई घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ ।
[sidebar name="button post"]









