काभ्रेमा गोकुल बाँस्कोटा र रेशम लामा एमालेका उम्मेदवार

काठमाडौँ: नेकपा एमालेले धमाधम उम्मेदवारी सार्वजनिक गर्न सुरु गरेको छ ।

सो क्रममा काभ्रेपलाञ्चोक जिल्लामा गोकुल बाँस्कोटा र रेशम लामाको उम्मेदवार छिनोफानो भएको छ । सोसँगै २३ असोजमा दुवैले निर्वाचन कार्यालयमा उम्मेदवारी दिनेछन ।

प्रतिनिधिसभा:
१. रेशम लामा
२. गोकुल बाँस्कोटा

प्रदेशसभा:
१. क दिलिप लामा
१. ख चन्द्र लामा

२. क कुमार खकुरेल
२. ख कुमार थापा

नेकपा एमालेकातर्फबाट उम्मेदवार हुनेको नाम धमाधम सार्वजनिक भरहेको छ । स्रोतका अनुसार सिन्धुपाल्चोक–१ मा सरेश नेपाल, सिन्धुपाल्चोक–२ मा शेरबहादुर तामाङ, ओखलढुंगामा यज्ञराज सुनवार, सिन्धुलीमा प्रदीप कटुवाल र मनोज थापा, ताप्लेजुङमा योगेश भट्टराई, प्युठानमा सूर्य थापाले टिकट पाएका छन् । उम्मेदवारको नाम सार्वजनिक हुने क्रम जारी छ ।
[sidebar name="button post"]