यी हुन् सुदूरपश्चिममा एमालेका १५ उम्मेदवार, अछाममा भीम रावलले टिकट पाएनन्

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका १५ निर्वाचन क्षेत्रमा संघीय निर्वाचनका लागि उम्मेदवार तोकेको छ ।

एमालेले प्रदेशका सबै उम्मेदवारको टुंगो लगाउँदै सम्बन्धित प्रदेश इन्चार्जमार्फत टिकट पठाएको हो। तर अछाम-१ मा भीम रावलको ठाउँमा माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोराले टिकट पाएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचक तथा १० औं महाधिवेशनमा अध्यक्ष पदका प्रतिस्पर्धी रावलले अछाम १ मा एमालेबाट प्रतिनिधिसभातर्फको टिकट नपाउने भएका हुन् । अछाम जिल्ला कमिटीले रावलको नाम सर्वसम्मत एकल सिफारिस गरेको थियो । १० बुँदेमार्फत् एमालेमा रहेको भन्दै अध्यक्ष ओलीले प्रतिशोध साँधेर टिकट नदिएको रावल निकट नेता बताउँछन् ।

रावलको ठाउँमा झपट बोहरा अब प्रतिनिधिसभाको चुनाव लड्ने भएका हुन् । यस्तै अछाम २ मा यज्ञ बोगटी, कञ्चनपुर–१ बाट तारा लामा, २ बाट नरबहादुर धामी र ३ बाट निरु पालले टिकट पाएका छन् । कैलाली १ मा टपेन्द्र रावल, २ मा झपट रावल, ३ मा गौरीशंकर चौधरी, ४ मा लेखराज भट्ट, ५ मा नारदमुनि रानालाई उम्मेदवार बनाइएको छ ।

जसअनुसार मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत नेकपा एमालेले बझाङमा ऐन महर, दार्चुला गणेश ठगुन्ना र बैतडीमा दामोदर भण्डारी लाई उम्मेदवार बनाएको छ । त्यस्तै डोटीमा गौरी ओली र बाजुरामा कर्णबहादुर थापा प्रतिनिधिसभाको लागि उम्मेदबार बन्ने भएका हुन् ।

बाजुरा
प्रतिनिधिसभा
कर्णबहादुर थापा

प्रदेशसभा
लालबहादुर थापा
बलदेव रेग्मी

बझाङ
प्रतिनिधिसभा
ऐन महर

प्रदेशसभा
अफिलाल ओखेडा
एलबी रावल

दार्चुला
प्रतिनिधिसभा
गणेश ठगुन्ना

प्रदेशसभा
हर्देब जोशी
रामदत्त जोशी

बैतडी
प्रतिनिधिसभा
दामोदर भण्डारी

प्रदेशसभा
सुरेन्द्र पाल
लीलाधर भट्ट

डडेलधुरा
प्रतिनिधिसभा
कांग्रेस बीपी

प्रदेशसभा
पठानसिंह बोहोरा
गजेन्द्र शाही

डोटी
प्रतिनिधिसभा
गौरी ओली

प्रदेश सभा
चक्र मल्ल
टेकबहादुर बम

अछाम– १
प्रतिनिधिसभा
झपट बोहोरा

प्रदेशसभा
कृष्णप्रसाद जैशी
देवबहादुर कुँवर

अछाम– २
प्रतिनिधिसभा
यज्ञ बोगटी

प्रदेश सभा
भीम विष्ट
शिव उपाध्याय

कञ्चनपुर– १
प्रतिनिधिसभा
तारा लामा

प्रदेशसभा
पल्लबराज भट्ट
वीरबहादुर थापा

कञ्चनपुर– २

प्रतिनिधिसभा
नरबहादुर धामी

प्रदेशसभा
कृपाराम राना
बचन सिंह

कञ्चनपुर– ३

प्रतिनिधिसभा
नीरुदेवी पाल

प्रदेशसभा
सुरेन्द्र विष्ट
तालमेल गर्ने

कैलाली– १

प्रतिनिधिसभा
टपेन्द्र रावल

प्रदेशसभा
द्वारिका न्यौपाने
तालमेल गर्ने

कैलाली– २

प्रतिनिधिसभा
झपट रावल

प्रदेशसभा
कमला वली
डेजी पाण्डे

कैलाली– ३

प्रतिनिधिसभा
गौरीशंकर चौधरी

प्रदेशसभा

जयनारायण जोशी
तालमेल गर्ने

कैलाली– ४

प्रतिनिधिसभभा
लेखराज भट्ट

प्रदेशसभा
भीमबहादुर देउवा
हरिसिंह साउद

कैलाली– ५

प्रतिनिधिसभा
नारदमुनि राना

प्रदेशसभा
यज्ञ बास्तोला
दुर्गा जोशी

[sidebar name="button post"]