न्युरोड क्षेत्रमा सवारीसाधनको प्रवेशमा रोक हटाइयो

काठमाडौं: चाडपर्वको समयमा किनमेल गर्ने मानिसको भीडभाड बढेका कारण काठमाडौंको न्युरोड क्षेत्रमा गरिएको सवारीसाधनको ड्राइभर्सन खुला गरिएको छ ।

मानिसहरुको भीडभाडका कारण घटस्थापनाकाे दिनदेखि न्युरोडगेट, कमलाक्षी, भोटाहिटी र ईन्द्रचोकबाट सवारी साधन न्युरोड क्षेत्र प्रवेशमा रोक लगाइएको थियो । उक्त स्थानमा जाने मानिहरुको सुबिधालाई मध्येनजर गरी खुल्लामञ्चमा तोकिएको पार्किङ समेत हटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

[sidebar name="button post"]