११ असोज, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज मंगलबार देशभर गरिएको १ हजार ७ सय २९ पिसिआर परीक्षणका साथै ४२ जना र २ हजार १ सय एन्टीजेन परीक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण आज पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप ७६ जना संक्रमणमुक्त भएका छन् भने हाल नेपालमा जम्मा १ हजार १ सय ४४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
[sidebar name="button post"]









