एमाले सैद्धान्तिक विचलनमा परेकोले परित्याग गरे : गंगाराम यादव

काठमाडौं: नेकपा एमालेको केन्द्रीय कमिटी सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेका छन्। सोमबार पार्टी परितयागको घोषणा गर्दै यादव जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका हुन्।

एमाले पार्टी वैचारिक र सैद्धान्तिक रुपमा विचलनमा परेकोले पार्टी परित्याग गरेको उनले बताए । एमालेकै कारण लाखौँ मधेशीका सन्तानलाई नागरिकता बञ्चित हुन पुगेको बताउँदै नेता यादवले भने, ‘आफ्नै देशमा नागरिकलाई नागरिबाट बञ्चित गर्ने पार्टीमा बसिरहने मेरो नैतिकता साथ दिएन र पार्टी परित्याग गरेको छु ।’

धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिने तयारी गरेका यादव एकाएक पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका हुन्।

दुई दिन अगाडी मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले धनुषा २ बाट निर्वाचन लडाउने गरी लोसपाका सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि यादव असन्तुष्ट भएका थिए। आफूले सो क्षेत्रमा टिकेट पाउने सम्भावना नदेखेपछि उनी एमाले छोडेर जसपामा प्रवेश गरेका हुन्। आगामी मंसिर ४ गते धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने उनको तयारी छ।

[sidebar name="button post"]