विश्व पर्यटन दिवसको अवसरमा भोलि ललितपुरमा बृहत् सांस्कृतिक मेला

ललितपुर: विश्व पर्यटन दिवसको अवसरमा भोली असोज ११ गते दिनभरी ललितपुरमा बृहत सांस्कृतिक मेला ललितपुर कार्निभलको आयोजना गरिदैछ।

ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुरका विभिन्न संघसंस्थाको सह–आयोजनामा हुने सांस्कृतिक मेला पाटन दरबार क्षेत्र, मंगलबजारमा हुन लागेको हो।

सांस्कृतिक मेलामा विहान ८ बजे पर्यटकहरूलाई स्वागत कार्यक्रम, दिउँसो १ बजेदेखि ५ बजेसम्म पाटन म्यूजियम परिसरमा रहेको मणि केशव नारायण चोकमा योमरी बनाउने, चिउरा कुट्ने, सुकुल बुन्ने, प्याङ्गगाँउको लोपेन्मुख काठको चिउरा राख्ने भाँडो बनाउने पद्धति लगायतको परम्परागत नेवार जीवनपद्धतिको प्रत्यक्ष प्रस्तुति, साझँ ५ बजे ललितपुर महानगरपालिकाको पयर्टनसँग सम्वन्धित वेवसाइटको लोकार्पण, साझँ साढे ५ बजेदेखि साढे ७ बजेसम्म ५०० भन्दा धेरै कलाकारहरुले परम्परागत संगित तथा नृत्यको प्रस्तुति र साढे ७ बजेपछि नेवार भोजको कार्यक्रम रहेको छ।

उक्त कार्यक्रमको समाचार संकलन गर्नको लागि हार्दिक अनुरोध छ।

[sidebar name="button post"]