भरतपुर: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली चलचित्र जगत्मा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको बताएका छन् ।
उनले फिल्म ‘युनिक’ रहेको भन्दै प्रशंसा गरेका छन् । ‘फिल्म बडो मसलेदार जस्तो लाग्यो । यहाँ युद्ध पनि छ, राजनीति पनि छ । दरबारभित्रको षड्यन्त्र पनि छ । प्रेम पनि छ, हिंसा पनि छ, प्रतिहिंसा पनि । त्यसकारण यो फिल्म युनिक खालको प्रस्तुति देखियो ।’ प्रचण्डले हलबाट बाहिरिएपछि संचारकर्मीसँग भने ।
उनले चलचित्रमा कलाकारले आआफ्नो जिम्मेवारी र भूमिका राम्रोसँग प्रस्तुत गरेको बताए। ‘सन्देशको दृष्टिकोणले म यत्ति भन्न चाहन्छु यो मसलेदार फिल्म छ’, प्रचण्डले भने।
नेपालीले बनाएको यो चलचित्र सबैतिर प्रचार भएको उल्लेख गर्दै यसले नेपाली चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।
[sidebar name="button post"]









