जिप चालकलाई बोलाएर कुटपिट

बैतडी: बैतडीका जिप चालकमाथि भएको कुटपिटका विषयमा छलफलका लागि दुवै पक्षलाई प्रहरीले बोलाएको छ ।

पीडितले इलाका प्रहरी कार्यालय पाटनमा उजुरी दिएका छन् । बिहीबार पाटन नगरपालिका–५का जिप चालक खेमराज पाण्डेयलाई पाटन–६ का लक्ष्मण भण्डारीले कुटपिट गरेको पीडित पाण्डेयले बताए । यस विषयमा छलफल गर्न आइतबार प्रहरीले दुवै पक्षलाई बोलाएको हो ।

‘म जिल्ला सदरमुकामबाट यात्रु बोकेर पाटन गइरहेको थिएँ, पाटन बजार नपुग्दै भण्डारीले फोनगरे, अरू बेला राम्रैसँग बोल्ने भएकाले बोलाएको ठाउँमा गएँ । जाने बित्तिकै गालीगलौज गर्दै कुटपिट गरे,’ उनले भने ।

कुटपिटबाट घाइते भएका पाण्डेय उपचारका लागी बिहिबार नै धनगढी गएका थिए । मायामेट्रो अस्पतालमा उपचार गरेर फर्केका उनको टाउकोमा चोट रहेको छ । टाउकोमा गम्भीर चोट रहेकाले मस्तिष्कमा असर गरेको शंका गरिएको छ ।

[sidebar name="button post"]