सुनचाँदीको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं :नेपाली बजारमा सुनचाँदीको मूल्य एक हजारले घटेको छ ।

शुक्रबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा १ हजार रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला ९१ हजार ३ सय सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानेको छ।

आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

[sidebar name="button post"]