मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका स्थित जुरीखेतमा यात्रुबाहक बस दुर्घटना भएको छ ।
बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सो स्थानको ११ घुम्तिस्थित सडकबाट १०० मिटर तल खस्दा सुमोसँग ठक्कर खान पुगेको थियो । दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका लागि हेटौंडा अस्पताल ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।
दुर्घटनामा २२ जना भन्दा बढी घाइते भएको र घाइतेलाई अस्पताल पठाउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमले जानकारी दिए । बसमा कति यात्रु थिए भन्ने बारे खुलेको छैन । बस डाँडाबाट खस्दा तल्लो सडकमा गुडिरहेको मधेस प्रदेश-०३-००१ ज ०२७१ नम्बरको सुमोमा ठोक्किएको प्रहरीले जनाएको छ । अहिले घाइतेको उद्दार भैरहेको छ थप विवरण आउँ बाकी छ ।
[sidebar name="button post"]