काठमाडाैँ: सत्ता गठबन्धनको बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रातिसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि निस्क्रिय भएको थियो ।
गठबन्धनको बालुवाटारमा जारी बैठकमा यो विषयले पनि प्रवेश पाएको छ । राष्ट्रिय परिस्थिति र आगामी कदमबारे छलफल हुने एक नेताले बताए ।
सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले निर्धारित समयमा प्रमाणिकरण गरिनन् ।












