काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्थ मन्त्री एवम् उपमहासचिव जनार्दन शर्मा सोलुखुम्बु पुगेका छन् ।
समानुपातिक पद्धतितर्फका उम्मेदवारको बन्दसूची टुंग्याउन सोमबार बिहान बोलाइएको पदाधिकारी बैठक स्थगन गरेर सोलुखुम्बु गएका हुन् । केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।
प्रदेश नम्बर एकका इन्चार्ज एवम् पार्टी स्थायी समिति सदस्य राम कार्की, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ लगायत प्रदेशका नेताहरु समेत सोलुखुम्बु पुगेका छन् ।
पार्टी पदाधिकारी बैठक स्थगित गरेर प्रचण्ड सोलुखुम्बुका भवन उद्घाटन लगायत विविध कार्यक्रम राखिएको प्रदेश अध्यक्ष नेम्वाङले बताए । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाको भवन उद्घाटन ५० शय्याको सामुदायिक अस्पताल र इन्जिनियरिङ कलेजको समेत उद्घाटन कार्यक्रम राखिएको नेम्वाङले बताए ।









