वाग्मती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आउँदाे कात्तिकदेखि वाग्मती नदीमा सफा पानी बग्ने

वाग्मती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आउँदाे कात्तिकदेखि वाग्मती नदीमा सफा पानी बग्ने भएको छ । काठमाण्डाै उपत्यकाकै आकर्षक वाग्मती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएको हो ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्ने वाग्मती धाप परियोजनामा जम्मा गरिएको पानी आउँदाे असोज २९ गतेपछि वाग्मती नदीमा पठाउने तयारी भइरहेको छ ।

समुद्री सतहदेखि दुई हजार ८० देखि ९० मिटरको उचाइमा मानव निर्मित यति ठूलो पोखरी नेपालमै पहिलो भएकाले पनि यसलाई आकर्षक मानिएकाे छ । साथै यो धाप नेपालमै पहिलो सीएफआरडी ड्याम पनि हो । उपत्यकाको उत्तरपश्चिम चुचुरो मूलखर्क गाउँको सिरानमा बनिरहेको कृत्रिम ताल निर्माणको लागत ४५ करोड रुपैयाँ हो । यो ताल आठ हेक्टर अर्थात १५८ रोपनीमा फैलिएको छ । सन् २०१५ देखि ड्यामको काम सुरु गरिएको थियो ।

यो धापमा २४ मिटर अग्लो बाँध हुने र बाँधमा वर्षायाममा परेको पानी र विभिन्न जलाधार क्षेत्रबाट आएको पानी सङ्कलन गरिनेछ । यो क्षेत्र आफैँमा धाप क्षेत्र पनि हो । निर्माण हुँदै गरेको धाप बाँधबाट सुक्खायाममा प्रतिसकेण्ड ४० लिटरका दरले वाग्मतीमा आठ महिनासम्म पानी छोड्न मिल्नेछ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा यो अभियान सुरु भएको हाे ।अहिले मुख्य ड्याम र सहायक ड्यामहरु पनि निर्माण गरी पानी जम्मा गर्न सुरु गरिएको छ । सुरुमा ८ लाख ५० हजार घनमिटर जति पानी जम्मा गर्न सकिन्छ भने पनि अहिले त्योभन्दा धेरै मात्रामा जम्मा गर्न सकिने कुरा अध्ययनले देखाएको छ ।

अहिले २०८३ दशमलव ५ प्रतिशत जतिको हाराहारीमा पानीको लेभल पुगिसकेको छ। यसमा ८ लाख ५० हजार घनमिटर जति पानी जम्मा गर्न सकिन्छ भने पनि त्योभन्दा धेरै पानी उपलब्ध हुने अध्ययनले देखाएको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा धाप ड्याम निर्माण भएको हो । भ्याटबाहेक ४५ करोड, भ्याटसहित ५१ करोड रुपैयाँ लगानी हुने भएकाे छ । ८४ प्रतिशत ऋण र बाँकी १६ प्रतिशत नेपाल सरकारले बेहोर्ने गरेर काम सुरु भएको हाे । फिल्डमा गर्नुपर्ने कामहरु प्रायजसाे सकिएको छ । अक्टोबर १५ पछि वाग्मतीमा धापको पानी प्रवाह गर्ने योजना छ । ८ महिना ४० लिटर बगाउनसक्ने अनुमान छ ।’

[sidebar name="button post"]