प्रमुख दलहरूले समानुपातिकतर्फको बन्दसूची पेश गर्दै आज

काठमाडौँ। आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज प्रमुख दलहरूले बन्दसूची पेश गर्दैछन् ।

आइतबार साना चार दलले मात्रै निर्वाचन आयोगमा सूची बुझाएका थिए । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्दी सूची बुझाउनुपर्छ । आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकका लागि ७६  दलको ६८ वटा निवेदन परेका छन्।

आज भने नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका प्रमुख दलले बन्दसूची पेश गर्नेछन् । आगामी चुनावबाट सङ्घीय संसदमा समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १ सय ६५ जना सदस्य निर्वाचित हुनेछन् ।

राजनीतिक दलहरूले बन्द सूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य सङ्ख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिने गरी बन्द सूची तयार     गर्नुपर्नेछ । जसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला उम्मेदवार हुनुपर्ने प्रावधान छ ।

[sidebar name="button post"]