संघीय संसद र प्रदेश संसद निर्वाचनका लागि ८४ राजनीतिक दल दर्ता भएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ४ मंसिरका लागि तय गरिएको निर्वाचन प्रयोजनका लागि अन्तिम दिनसम्म ८४ दल दर्ता भएका हुन् ।
यसरी दर्ता भएका राजनीतिक दलका बारेमा निर्वाचन आयोगले आजैबाट जाँचबुझ सुरु गर्नेछ ।
राजनीतिक दलले पेश गरेका कागजपत्र सही छन् कि छैनन ? भन्ने बारेमा आजबाट नै जाँच बुझ गरिने प्रवक्ता पौडेलले जानकारी दिए ।
[sidebar name="button post"]











