बढ्दै कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।

मंगलबार २० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ४०१ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १ हजार ९४४ पीसीआर तथा १ हजार १६८ एन्टिजेन परीक्षण भएको छ।

[sidebar name="button post"]