मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। शेयर बजार मापक नेप्से परिसूचक मंगलबार ४६.०८ अंकले घटेर २०३०.५९ बिन्दुमा झरेको छ।
मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ८६ लाख १३ हजार कित्ता शेयर २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। सोमबार नेप्से परिसूचक सामान्य अंकले गिरावट आए पनि कारोबार रकम ३ महिनायताकै उच्च भएको थियो। सोमबार ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो।
मंगलबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ।
मंगलबार नेप्से परिसूचक ओरालो लागे पनि दुई वटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा सिवाईसी लघुवित्त र ङादी ग्रुप पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। घलेम्दी हाइड्रोपावरका शेयर मूल्य ६.६० प्रतिशत घटेको छ।









