यातायात व्यवसायीहरूले सोमबारदेखि सबै सार्वजनिक यातायात चलाउने तयारी

यातायात व्यवसायीहरूले प्रशासनको निर्देशन अवज्ञा गरेर सबै किसिमका गाडी चलाउने भनेर दिएको म्याद तीन दिन पर सरेको छ ।

काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग संयुक्तरूपमा आज भएको छलफलपछि व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिहरू आउँदो आइतबारसम्म पर्खिन सहमत भएका छन् ।

यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिहरूले शुक्रबारदेखि छोटो तथा लामो दुरीका सबै गाडी चलाउने भनेर काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका थिए ।

व्यवासायी र मजदुरका सङ्गठनले जोरबिजोर नमान्ने र सबै किसिमका गाडी एकसाथ चलाउने चेतावनी दिएका थिए ।

बिहीबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा काठमाडौँ, ललितपुर र भक्तपुर, तीवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिहरूसँग छलफल गरेका थिए ।

कोभिड संक्रमण अहिलेको भन्दा नबढे सोमबारदेखि लामो, मध्यम तथा छोटो दुरीका सबै गाडी चल्नेछन् । संक्रमण बढेको अवस्थामा सोही अनुसार निर्णय हुनेछ ।

यातायात सञ्चालन गर्दा अपनाउनु पर्ने मापदण्डहरू पनि तोकिएका छन् । कोरोना भाइसरबारे प्रचारप्रसार गर्नुपर्नेछ । मजदुरले मास्क र फेससिल्ड लगाउनु पर्नेछ । गाडीको ढोकामा स्यानीटाइजर राखेको हुनुपर्नेछ । यात्रुले मास्क लगाउनु पर्नेछ र खुद्रा पैसा बोकेर मात्र गाडी चढ्नु पर्नेछ ।

[sidebar name="button post"]