१७ असार, पोखरा। कास्कीमा अबिरल बर्षासँगै खहरे खाेलामा एक्कासी लेदोसहितको पहिरो एम्बुलेन्समा खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको हो ।
एम्बुलेन्स मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गर्दा पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोले एम्बुलेन्सलाई करिब सय मिटर तल बगाएको छ । प्रहरीका अनुसार दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि पोखरा ल्याइएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत बनिरहेको बाटोमा खहरे होलामा एक्कासी लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेको प्रहरीले जनाएको छ ।
[sidebar name="button post"]











