पछिल्लो २४ घण्टायता देशभर ३८५३ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर ३ हजार ८५३ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै संक्रमणमुक्त हुने संक्रमितको संख्या ५ लाख ८८ हजार १८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका प्रयोगशालामा ११ हजार ६४० जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २ हजार ४४४ जनामा कोराना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४२ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ९ हजार ५१ जना संक्रमितको मृत्यु भएको छ ।

[sidebar name="button post"]