पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा पाँच हजार ४५५ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या पाँच लाख ७६ हजार ४१३ पुगेको छ।

त्यसैगरी २४ घण्टामा १४ हजार ३५१ जनाको परीक्षण गर्दा २४ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ। एन्टिजेन विधिबाट परीक्षण गरिएकामध्ये ३० हजार ६८९ जनामासमेत संक्रमण देखिएको छ।

सँगै २४ घण्टामा २७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ८ हजार ९४५ पुगेको मन्त्रालयले जनाएको छ।

[sidebar name="button post"]