११ असार, काठमाण्डौ। पछिल्लो २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
१४ हजार ३५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
त्यस्तै गत २४ घण्टामा थप ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् भने थप २७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।यससँगै हालसम्म ८९४५ जनाले ज्यान गुमाइसकेका छन् ।
नेपालमा सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ ।
[sidebar name="button post"]











