१० वैशाख, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
८७९८ पीसीआर परीक्षणबाट २४४९ र ८६६ एन्टिजेन परीक्षणबाट ११० जना गरी जम्मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा पाँच जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका छन् ।
देशभर हाल कोरोना भाइरसका १४ हजार सात सय २४ सक्रिय संक्रमित रहेका छन् । यससँगै कोरोना संक्रमणबाट डिस्चार्ज हुनेको संख्या २ लाख ७६ ७सय ५५ पुगेको छ ।
[sidebar name="button post"]









