१० वैशाख, काठमाण्डौ। पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाण्डौमा ७६० जना, भक्तपुरमा ७४ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् ।
यस्तै बाँकेमा ३५४ , रुपन्देहीमा २२१, सुर्खेतमा ९१, दाङमा ७९, मोरङमा ७४, कैलालीमा ७२, कास्कीमा ६७, पर्सामा ६२, बर्दियामा ३९, पाल्पामा ३२, धनुषामा ३१ र मकवानपुरमा ३० जना संक्रमित भेटिएका छन् ।
चितवनमा २७, काभ्रेपलाञ्चोक र कञ्चनपुरमा २२/२२, बारामा २१, नवलपरासी पश्चिममा १७, कपिलवस्तुमा १५, महोत्तरी र गुल्मीमा १४/१४, रौतहट र अर्घाखाँचीमा १३/१३ जना, नुवाकोटमा १२, सुनसरी र वाग्लुङमा ११/११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा संक्रमित भएकामध्ये ९ वर्ष मुनिका ५४ जना बालबालिका र १० देखि १९ वर्ष मुनिका १९९ जना रहेका छन्बा ।









