३ वैशाख, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा दुई जनाको कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।












