कोरोना संक्रमणबाट डर लाग्छ तर स्वास्थ्य मापदण्ड अपनाउन भने ………..

युङडुङ बैजी

१७ चैत्र, काठमाण्डौ। नेपालमा केही महिनादेखि घट्दो क्रममा रहेको कोरोना संक्रमण (कोभिड–१९) को दर फेरि उकालिन थालेको छ । छिमेकी मुलुकहरुमा कोरोना भाइरसको संक्रमण दिनदिनै बढ्दो क्रममा छ । गत हप्तामा मात्र स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले विज्ञाप्ति जारी गर्दै आवश्यक सतर्कता अपनाउन, सभा, भेला नगर्न आग्रह समेत गरेको छ।

कोरोना संक्रमण बढ्दो क्रममा छ अझै पनि नेपालमा कतिपय मान्छेहरु सार्वजनिक यातायातहरुमा मानिसहरुले मास्कको प्रयोग गरेको देखिदैनन्। सार्वजानिक यातायातमा मात्र नभएर सडकमा पनि मानिसहरु सामाजिक दुरी कायम गरेको देखिँदैन। सामाजिक दुरी त परको कुरा मास्क पनि प्रयोग गरेका हुँदैनन्। जसले गर्दा संक्रमणको जोखिम बढ्दो छ।

कोभिड–१९ बिरुद्धको खोप नेपालमा भित्रिएसंगै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने कुराहरुमा हेलचक्रयाई गरेको देखिन्छ । आवश्यक स्वास्थ्य मापदण्ड पालन नगर्नाले छिमेकी मुलुकसहित अन्य देश झै नेपालमा पनि संक्रमितको दर उच्च हुन सक्ने सम्भावना देखिन्छ। त्यसैले समयमै सावधानी अपनाइएन भने संक्रमणको अर्काे लहर नेपालमा पनि सुरु नहोला भन्र सकिन्न ।

यसै बिषयलाई लिएर हामीले केहि व्यक्तिहरुलाई छिमेकी मुलुक भारतमा कोरोनाले दिन प्रति दिन नयाँ रेकर्ड कायम गरिरहेको छ। यूरोपमा कतिपय देशहरुले लकडाउन नै गरिसकेका छन्। नेपालमा पनि कोरोनाको दोस्रो लहर नआउला भन्न सकिंदैन, यसका लागि सर्वसाधरणहरुले के कतिको स्वास्थ्य सावधानी अपनाएका छन् भनेर सोधेका थियौं।

चाबहिल बस्दै आउनु भएका २१ बर्षिय दिपा मगर पेशाले विद्यार्थी हुनुहुन्छ। उहाँ भन्नुहुन्छ,” पहिलाको कोरोना संक्रमण भन्दा अहिले आएको नँया कोरोना बढी नै फैलन सक्ने सम्भावना छ । यसको चाहिं आफुलाई पनि अलिकति डरको पनि अनुभव भएकाले आफू पनि सुरक्षित भएर बसिरहेको छु । धेरै भिडभाड ठाँउ वा सर्वजानिक स्थलहरुमा सके सम्म जाँदिन, बाहिर हिंड्दा अनिवार्य माक्स,सेनिटाइजर, साथै बेला बेलामा हातहरु संधै साबुन पानीले धुने गर्छु।” रोग लाग्नु भन्दा पहिला नै सचेत भएर बसेको उहाँ बताउनु हुन्छ।

दोलखा घर भई हाल काठमाण्डौको गंगाहिटीमा बसोबास गदै आउनु भएका ३५ बर्षिय संगिता थापाले भन्नुहुन्छ ,”धेरै लामो बाटोको यात्रा गर्नु पर्यो वा बाहिर निस्किन पर्यो भने चाहिं माक्सको प्रयोग गर्ने गर्छु। साथै बाहिर निस्कने बेलामा चाहि माक्स,सेनिटाइजरहरु प्रयोग गरेर आफू सचेत भएर हिंड्छु ।”

यसैगरी चाबहिल बस्दै आउनु भएकी ४० बर्षिय अनिता धीताल पेशाले ब्यापारी हुनुहुन्छ। कोरोना संक्रमण फेरी बढ्दै गएकाले कोरोनाप्रति आफूलाई डर पनि हल्का लागेकोले आफू सचेत हुनको लागि बढी सरसफाईमा ध्यान दिने, माक्सको प्रयोग गर्ने, आफू स्वस्थ हुनको लागि खानपिनमा पनि ध्यान दिने, सेनिटाइजरको पनि प्रयोग गरिरहेको उहाँ बताउनु हुन्छ।”

त्यस्तै सर्लाही घर भई हाल काठमाण्डौको चाबहिलमा बस्दै आउनु भएका ५२ बर्षिय रिगलाल गिरी पेशाले ब्यापारी हुनुहुन्छ। नेपालमा कोरोनाको दोस्रो लहर आउने सम्भाबना छ यसका सुरक्षित रहन हामी आफैंको भूमिका महत्पूर्ण हुन्छ। हामी आफैं पहिलानै आफू सचेत हुनुपर्दछ। आवश्यक स्वास्थ्य मापदण्डको कुराहरुलाई पालना गर्नै पर्ने उहाँले बताउनु भयो।

नेपालमा पनि कोरोनको दोस्रो लहर देखा पर्न सक्ने भएकाले हरेक व्यक्ति लगायत सरकारले ठूलो ध्यान दिन जरुरी छ । अहिले नै सावधानी अपनाउन नसके पछि संक्रमण बढ्न सक्छ । त्यसैले सबै भन्दा पहिले आफू सचेत हुनु आवशयक छ । बेला–बेलामा हातहरु सफा गर्ने, धुने, बाहिर निस्कने बेला अनिवार्य रुपमा माक्सको प्रयोग गर्ने, सेनिटाइजरको प्रयोग गर्ने, बढी सरसफाईमा ध्यान दिने जस्ता क्रियाकलाप हरुमा ध्यान दिनु पर्दछ।

[sidebar name="button post"]