१८ चैत्र, काठमाण्डौ। नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य तोलाको ८६ हजार थियो।
त्यस्तै तेजाबी सुनको मूल्य तोलामा पनि चार सय रुपैयाँले घटेर ८५ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
यसैबीच बुधबार चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।
[sidebar name="button post"]









