१५ चैत्र, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ८३९ पुगेको छ।
काठमाण्डौ उपत्यकामा थप ६५ जनामा संक्रमण पुष्टि भएको छ। काठमाण्डौका ५२, ललितपुरका ७ तथा भक्तपुरका ६ जनामा संक्रमण पुष्टि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आइतबार ९५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ५३० पुगेको छ।
हाल देशभर १ हजार २ सय ८२ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा २ हजार १ सय १ पीसीआर परीक्षण भएको छ।
मन्त्रालयका अनुसार गएको २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार २७ पुगेको छ।
[sidebar name="button post"]









