प्राय: सबै मानिसहरुको हत्केला चिलाउने गर्दछ । विभिन्न कारणहरुबाट हाम्रो हत्केला चिलाउने गर्दछ । जसमध्ये केहि कारणहरु यसप्रकार छन् ।
खानेकुराको एलर्जीः
खानेकुराको एलर्जीले पनि हत्केला चिलाउँछ । कसैकसैलाई कुनै खानाले एलर्जी गरिहाल्छ र त्यसको असर हत्केलामा देखिन्छ । अन्डा, बदाम, दूध र समुद्री खानेकुराले पनि कसैकसैलाई एलर्जी बनाउँछ । यी खाना खानेबित्तिकै कोहीकोहीलाई एलर्जी भइहाल्छ ।
कार्पल टनेल सिन्ड्रोमः
नाडीेको हड्डीको नसाहरुमा भएको चोटपछि हात र औलामा हुने पीडाले पनि हत्केला चिलाउँछ । यदि हाम्रो शरिरमा मध्यम खालको नसा दबिएमा कार्पेल टनेल सिन्ड्रोम हुन्छ । अत्याधिक लेख्दा, टाइप गर्दा तथा हात र औलाहरुको बढी प्रयोग हुँदा यस्तो अवस्था आउँछ । असन्तुलित तरिकाले हत्केला चिलाउनु कार्पल टनेल सिन्ड्रोमको संकेत हो । औषधी वा शल्यक्तियाको तरिकाले पनि यो सिन्ड्रोमको उपचार गर्न सकिन्छ ।
एस्पिरिन, आईबुप्रोफिन, कोर्टिकोस्टेरोइड्सले नसाको दबाबलाई शान्त पारि हत्केला चिलाउने रोक्न सकिन्छ । नशालाई दबाब दिने तन्तुलाई शल्यक्रिया गरेर पनि चिलाउने समस्या रोक्न सकिन्छ । यदि तपाईंलाई छालाको समस्या छ भने पनि हत्केला चिलाउँछ । छालासम्बन्धि यो रोग लाग्दा औलाहरुमा प्रभाव पदर्छ । गर्मी र जाँडो मौसममा यसले अझ बढी प्रभाव पार्छ । अधिकांश इसेज्माको उचित उपचार छैन।
प्राइमेरी बिलियरी सिरोसिसः
कलेजोसँग सम्बन्धित समस्याले पनि हत्केला चिलाउन सक्छ । कलेजोमा गम्भीर समस्या नआउँदै हत्केला र खुट्टाको पैतला चिलाउँछ। चिलाउने समय र अवस्था फरक फरक हुन्छ । कहिले अकस्मात् हुन्छ भने कहिले दिन वा रातमा मात्र चिलाउँछ। रगत प्रवाह गर्ने प्रणालीमा र विशेष गरी लिभरमा एसिड उत्पन्न (बाइल एसिड) हुँदा हात तथा हत्केला चिलाउने गर्दछ । हात चिलाउने समस्या रोक्न एन्टिहिस्टामाइन दिइन्छ।








