Ad #144479

१३ चैत्र, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४१६ मा पिसिआर गर्दा १५६ जनामा कोरोना पुष्टि भएको हो।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ७० जना निको भएर घर फर्किएका छन्। यससंगै कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ३४२ पुगेको छ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार २४ पुगेको छ।