Ad #144479

१३ चैत्र, काठमाण्डौ। काठमाण्डौमा वायु प्रदुषणका कारण शुक्रबार केही समयका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएको छ । भारतको आकाशबाट आएको तुवाँलोका कारण आन्तरिक र वाह्य सेवा उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको हाे ।

विमानस्थलका अनुसार भिजिबिलिटी सुधार नभएसम्म विमानस्थल सूचारु हुनेछैन । ‘भिजिबिलिटी डाउन’ भएसँगै काठमाण्डौ अवतरण गर्नुपर्ने विमानहरु अन्यत्र मोडिएको बताइएको छ ।

शुक्रबार बिहानैदेखी काठमाण्डौको आकाशमा तुवाँलो फैलिएको छ । बिहानैबाट सिमरा, विराटनगर, पोखरा लगायत विभिन्न गन्तव्यमा भइरहेको नियमित उडान अवतरण समेत प्रभावित भएको बताइएको छ ।

विमानस्थलका अनुसार सबैभन्दा धेरै भरतपुर जाने उडानहरु डिले भएका छन् । तराईसहित विभिन्न स्थानका जंगलमा लागेको आगो र धुवाँ हावामा मिसिँदा वायुप्रदूषण बढेको छ ।