११ चैत्र, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ।
बुधबार ९० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयले जनाएको छ।
हाल देशभर १ हजार १ सय ८२ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार गएको २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार २० पुगेको छ।
[sidebar name="button post"]











