कागेश्वरी अपडेट : आज दिनभर देश तथा विदेशमा घटेका मुख्य मुख्य समाचार

आजका मुख्य समाचारमा

नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सरकार परिवर्तनको अभ्यासमा नलाग्न दलहरुलाई आग्रह :मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार परिवर्तनको अभ्यासमा नलाग्न दलहरुलाई आग्रह गर्नुभएको छ ।

आठ करोडभन्दा बढी पुग्यो रोकिएको निर्वाचन खर्च

अर्थमन्त्रालयबाट प्रतिनिधिसभा निर्वाचनका लागि रु सात अर्ब, सात करोड, ९० लाख ८० हजार बजेट सुनिश्चिता भई केही रकम पनि निकासा भएको थियो ।

रुसमा कोरोनभाइरसबाट एकैदिनमा साढे ११ हजार सङ्क्रमित

रुसमा कोरोनभाइरसबाट थप ११ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

हाइटीको जेलबाट २०० भन्दा बढी कैदी भागे, झडपमा परी २५ को मृत्यु

हाइटीमा जेलबाट शुक्रबार २०० भन्दा बढी कैदी भागेका छन् । भाग्ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्यु पनि भएको छ ।

भारतमा १ करोड ४२ लाख भन्दा बढीले कोरोना बिरुद्ध खोप लगाए

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि शुक्रबारसम्म एक करोड ४२ लाख ४२ हजार भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् ।

सिद्धकाली विद्यालयमा आगलागी हुँदा एक करोड बढीको क्षति

फेदाप गाउँपालिका– २ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीमा परी रु एक करोड बढीको विद्यालयको सम्पत्ति जलेर नष्ट भएको छ ।

अस्पताल नजिकै युवक मृत अवस्थामा फेला

गोदावरी नगरपालिका–५ गेटा आँखा अस्पताल नजिकै सोही ठाउँका ३५ वर्षीय शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

युवराज मोहम्मद बिन सलमानद्धारा निर्वासनमा रहेका पत्रकार जमाल खसोग्जीको हत्याको स्वीकृति

अमेरिकी गुप्तचर निकायको रिपोर्टले साउदी युवराज मोहम्मद बिन सलमानले निर्वासनमा रहेका पत्रकार जमाल खसोग्जीको सन् २०१८ मा भएको हत्याको स्वीकृति दिएको पाएको छ।

सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ लाहोर कलन्दर्सबाट खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न आज त्यसतर्फ उड्नुभएको छ । उहाँले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नु हुनेछ ।

‘किन यसरी बिना अर्थले माया मार्यौ’ : गायक तथा संगीतकार प्रमोद निर्वाणको सदावहार यात्रा

‘किन यसरी बिना अर्थले माया मार्यौ’, ‘कस्तो मोडमा’ लगायत उत्कृष्ट गितका गायक एवं संगीतकार प्रमोद निर्वाण सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउन सफल हुनुहुन्छ ।

सशस्त्र समूहद्वारा नाइजेरियामा ३१७ विद्यार्थी अपहरण

नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार ३१७ विद्यार्थीलाई अपहरण गरेको प्रहरी पुष्टि गरेको छ । अपहरित विद्यार्थीको खोजी भइरहेको बताइएको छ ।

एक महिने स्वस्थानी ब्रत आजदेखि विधिपूर्वक समापन गरिँदै

पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।

आज मिति वि सं २०७७ साल फागुन १५ गते शनिबार, कस्तो छ तपाईंको राशिफल ?

आज मिति वि सं २०७७ साल फागुन १५ गते शनिबार । तपाईंको आजको राशिफल

[sidebar name="button post"]