१५ फागुन, काठमाण्डौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार आठ सय २४ जनामा पीसीआर परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको छ।
नेपालमा अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको संख्या दुई लाख ७४ हजार ६५ पुगेको छ । २४ घण्टामा थप ४८ जना निको भएका छन् । अहिलेसम्म नेपालमा दुई लाख ७० हजार तीन सय २५ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७ सय ७३ पुगेको पनि मन्त्रालयले जनाएको छ । नेपालमा अहिले नौ सय ६७ जना सक्रिय सङ्क्रमित रहेका छन्
[sidebar name="button post"]











