Ad #144479

१५ फागुन, काठमाण्डौ।देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा शनिबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार राति पनि देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।देशको उच्च पहाडी तथा हिमाली भूभागका एक – दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

अहिले बिहान देशका पहाडि भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागहरूको मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हल्का कुहिरो हुस्सु लागेको देखिएको छ।

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको मौसमविदले बताएका छन्।