आज मिति वि सं २०७७ साल फागुन ११ गते मंगलबार । आजको तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :
जीवनसाथीसँगको सम्बन्ध बिग्रिने एवम् प्रेममा धोका हुन सक्नेछ । खर्च बढी हुनाले यात्रा झन्झटिलो बन्नेछ । थालनीको काम लम्बिन सक्नेछ । स्वास्थ्यमा समस्या हुनेछ । अचानक काममा रोकावट एवम् अपजसको सामाना गर्नुपर्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :
पारिवारिक भेटघाटमा समय बढी व्यतित् हुनेछ ।प्रेममा प्रगति हुने एवम् नयाँ मित्रता अगाडि बढ्नेछ । प्रेममा सुख मिल्ने एवम् वैवाहिक कुरामा प्रगति हुनेछ । मनोरञ्जनमा धनको खर्च हुनेछ । साथीभाइसँगको रमाइलोमा धन जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :
वादविवाद एवम् प्रतिस्पर्धामा जीत हाँसिल मिल्ने तथा सरकारी काममा जिम्मेवारी रहनेछ । आपसी विवाद समझदारीमा टुंगिनेछ । टाढाको आफन्तबाट आर्थिक सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । आफन्तबाट सहयोग एवम् उपलब्धि मुलक काममा खर्च हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :
पैतृक सम्पत्तिमा मनमुटाव बढ्ने एवम् मातापितासँग सम्बन्ध बिग्रिनेछ । अध्ययनमा प्रगति हुनेछ । कला, संगीतमा सम्मान मिल्ने एवम सामाजिक काममा व्यस्तता बढ्नेछ । सन्तानको सहयोगले काममा सहायता हुनेछ । यात्रामा सामान्य चोटपटकको भय रहन्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :
व्यवसायमा सामान्य लाभ एवं धनको कारोबार बढ्नेछ । जीवनसाथीसँग भने सामान्य विवाद बढ्ने एवम् पिताजीको स्वास्थ्यमा गडबड रहनेछ । साताको शुरुमा भने स्वास्थ्यमा बाधा आउनेछ । घरायसी समस्याले पिरोल्नेछ । निजी काममा चिन्ता थपिने एवम् चिसोको बाधा रहनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :
स्वास्थ्यमा बाधा एवम् पारिवारिक कामले खर्च बढ्नेछ । दाजुभाइको मिलेमतोमा पुरानो कारोवार मिल्नेछ । छोटो यात्राको अवसर आउनेछ । काममा जिम्मेवारी थपिने एवम् नयाँ कामको सुरुवात हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :
मिठो भोजन एवम सामाजिक काममा सहभागिता मिल्नेछ । बोलीबचनको प्रभावले ठुलाबडासँग सम्बन्ध अगाडि बढ्नेछ । धनको प्राप्ती हुनेछ । जिम्मेवारीको काममा सामान्य आलोचना हुनेछ । वैवाहिक सम्बन्धको प्रसंग उठ्नेछ । प्रेममा प्रगति एवं मित्रबाट धनको सहयोग मिल्नेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :
यात्रामा समस्या आउने र सानो कुराले विवाद हुनेछ । हडबडमा काम बिग्रिनेछ । एकैचोटी योजना बनाउँदा मुख्य काम छुट्न सक्नेछन् । नयाँ काममा योजना हुने, पारिवारिक रमाइलो मिल्ने एवम धनको हानि हुनेछ । रमाइलोमा समय व्यतित हुनेछ । विलासिता एवं घरायसी काममा धनको खर्च हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :
खानपिनमा खर्च बढी हुनेछ । स्वास्थ्य बाधा गर्ने एवम सञ्चित धनको क्षय हुनेछ । अध्ययनमा रुचि एवं परोपकार क्षेत्रमा प्रतिष्ठा मिल्नेछ । यात्रामा बाधा र झन्झट व्यहोर्नु पर्नेछ । फाइदा विनाको काममा समय खेर जानेछ । सरसामान हराउने एवं आर्थिक काममा फाइदा कम हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :
तरल पदार्थ, खाद्यान्न व्यवसाय एवम जडिबुटीको कारोबारमा आम्दानी हुनेछ । आत्मबल बढ्नाले नया काममा प्रगति हुनेछ । । महिला वर्गको सहयोगले आर्थिक कारोवार मिल्नेछ । व्यवसायमा राम्रो लाभ मिल्नेछ । सोचेको कुरा पुग्ने एवम आर्थिक लाभ हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :
नोकरी रोजगारीमा अवसर आउनेछ । राजनीति एवम सरकारी क्षेत्रमा जिम्मेवारी बढ्नेछ । ठुलाबडाले साथ दिने एवम काम र प्रतिस्पर्धामा जस मिल्नेछ । माइती मावलीबाट व्यवसायमा सहयोग हुनेछ । महिलाबर्ग एवं पारिवारिक माहोलमा माया खुसि मिल्नेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :
वैदेशिक काममा सफलता हुनेछ । पुराना,अधुरा काम सुचारु हुनेछन् । दिनले साथ दिनाले जिम्मेवारी छिट्टै पुरा हुनेछ । धर्म,कर्ममा रुचि एवम सामाजिक क्षेत्रमा संलग्नता मिल्नेछ । राजनीतिमा जिम्मेवारी थपिनेछ । भाग्यले साथ दिनाले पुराना कामबाट फाइदा आउन शुरु गर्नेछ ।
राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस्।









