२० माघ, काठमाडौं । नेपालमा मंगलबार थप १७१ जनामा काेराेना भाइरस संक्रमणकाे पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको छ ।
त्यस्तै काेराेनाका कारण थप १ जनाको मृत्यु भएको छ भने हालसम्म दुई हजार ३० जनाको मृत्यु भएको छ । त्यस्तै थप २५९ जना काेराेनामुक्त भएका छन् ।
नेपालमा अहिलेसम्म २ लाख ६६ हजार ८५९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल २४०० जना आइसोलेशनमा र ९५ जना क्वारेन्टिन छन् । हालसम्म नेपालमाा २० लाख ७८ हजार ९८ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।












