आजको तपाईंको राशिफल
आज मिति वि.सं. २०७७ साल माघ १६ गते । शुक्रबार । इ.स.२०२१ जनवरी २९ तारिक । शिशिर ऋतु । नेपाल संवत् ११४१ । माघ कृष्णपक्ष । आज काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५४ मिनेटमा,सूर्यास्त १७ बजेर ४० मिनेटमा । शहिद दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :
आमा वा आमासँग मनमुटाब बढ्ने वा छुट्टिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी समय मध्यमय रहेकोले मान सम्मान तथा पद प्राप्तिको योग टरेर जाने छ । स्वास्थ्यमा सामान्य समस्या आउने तथा छाती सम्बन्धि समस्या बढ्ने छ । पढाइ लेखाइमा बिभिन्न कारणले समय दिन सकिने छैन । सवारी साधन चलाउंदा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :
समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइने छ। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। आफन्त तथा दाजुभाईबाट सहयोग पाईने छैन भने बिवाद बढ्ने योग रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :
पहिले गरेका कामबाट मनग्गे आम्दानी हुनेछ भने समयमा स्रोत साधन तथा भौतिक सम्पती जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । विद्या तथा प्रतिस्पर्धीहरु हार खानेछन्। तपाईंको कुरा काट्ने हरुलाई पाठ सिकाउन सकिने छ । परिवारका साथ रमाईलो वातावरण तथा हासखेलमा समय बित्नेछ । पढाइ लेखाइमा थोरै समय दिंदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकने छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :
अध्ययनमा सुधार भएर जाने छ। अरुलाई पछाडी छोडेर अग्र पंतिमा आउन सकिने छ । परिवारका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनेत गर्दा आँटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ । व्यावसाय फस्टाएर भने लगानिको नयाँ वातावरण बन्नेछ भने आम्दानिमा बढोत्तरिको योग रहेकोछ । राजनीतिमा पद प्राप्तीको योग रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :
काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवान हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाईलो महशुस हुनेछ । यात्राको क्रममा रुपैंया पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्ने छ । तरपनि वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैंया पैसा हातलागी हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुले आजको दिन आफ्नो कामदेखि सन्तुुष्ट हुनेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :
स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ ध्यान दिनुहोला । कामहरु समयमा नबन्नाले मानशिक तनाब बढ्ने छ । रुपैंया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भबिस्यमा बिवाद सिर्जना हुन सक्छ । अध्ययनमा मन नजाने तथा प्रेममा फाटो आउने अधिक सम्भावना रहेको छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :
स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारी साधन सम्बन्धी झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार होईने छ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा छुट्टिनु पर्ने बाध्यता आउनेछ । पढाइ लेखाइमा भने बिद्यार्थी बर्गहरुले अलि बढी ध्यान दिए सफलता हात पार्न सक्ने छन् ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :
बौद्धिकताकोा प्रयोगले सफलताको सुत्र पत्ता लगाउन सकिने छ। उत्तम बस्त्र,मनपर्ने तथा बिलाशि बस्तु हात लागी हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा सस्कार सस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो लगानिबाट मनग्गे आम्दानी गर्न सकिने छ । प्रेमलाई विवाहरुपी निकास दिने सहमती जुट्ने योग रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :
स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटिले उर्जा तथा आत्मबिश्वासमा कमी ल्याउनेछ । नगर्नु पर्ने काममा हात हाल्दा व्यवसायिक रुपमा घाटा लाग्नेछ । धन सम्पती तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पती तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । माया प्रेममा धोका हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :
एकल तथा साझेदारी व्यापार व्यावसायमा लगानी गरी प्रशस्त नाँफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशि रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :
हुलमुल तथा विवादित बिषयमा प्रबेश नगर्नु नै राम्रो रहेको छ ,आज हुने कुनै पनि न्यायिक निर्णय तपाईँको पक्षमा हुने छैनन् । रोग,ऋण तथा संकटको सामना गर्नु पर्दा मानशिक तनाब बढ्नेछ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था नाजुक हुनेछ । पढ्ने लेख्ने कामहरु थाति नै रहनेछन् । आफन्त तथा मावली पक्षसँग बिवाद बढ्ने योग रहेकोछ ध्यान दिनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :
खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जाँगर बढ्ने छ । बिलाशीताले खर्च बढाएपनि भौतिक सम्पति तथा उपाहार प्राप्तीको गतिलो योग रहेको छ । आर्थिक समस्या सुल्झाउदै शिक्षा तथा बैकिङ क्षेत्रमा लगानी बढाउन सकिनेछ । बंश बृद्धिको गतिलो योग रहेकोछ भने नोकरीमा बढुवा हुने योग रहेकोछ । बौद्धिकताले सम्मान दिलाउनेछ ।
राशिफलले जे जस्तो भनेपनि तपाईंको आजको दिन शुभ रहोस्।











