Ad #144479

सरोज कार्की

हरेक वर्ष अष्टमीको दिन वर्षा र सहकालका देवता मानिने असनको सेतो मच्छिन्द्रनाथको मुर्ति नुहाईदिने चलन छ। वर्षा र सहकालका देवता मानिने सेतो मछिन्द्रनाथको र्दशन गरे सुख, सुस्वास्थ, दीर्घायू तथा आर्थिक उन्नति हुने जनविश्वास छ।

आज बिहिबार पुर्णिमाको दिन सेतो मछिन्द्रनाथको मुर्ति बिधि पुर्वक मन्दिर भित्राइएको छ। साथै यसै अवसरमा स्थानीय र गुठिका मानिसहरु मिलेर पैसा उठाएर प्रसाद बाँडीएको थियो।

दर्शन गर्न आउने दर्शनार्थीहरुको निकै चहलपहल थियो।