क्वालालाम्पुरबाट १७ वटा नेपालीकाे शव लिएर नेपाल आइपुग्यो विमान

१० माघ, काठमाडौं । मलेसियाको क्वालालाम्पुरबाट शनिबार एउटै जहाजबाट १७ वटा शव नेपाल ल्याइएकाे छ । नेपाल वायुसेवा निगमले यस प्रयोजनका लागि वाइडबडी जहाज ए ३३० क्वालालाम्पुर पठाएको थियाे ।

जहाज हिजो राती ११ बजे क्वालालाम्पुर उडेको हाे ।  मलेसियाबाट सानो जहाजमा यात्रुसहित उडान गर्दा यात्रुकै ब्यागेजले कार्गो भरिँदा नेपाल ल्याउनु पर्ने शवहरु उतै अड्किएका थिए ।

नेपाल एयरलाइन्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगी ज्यान गुमाएका नेपालीहरुको शव ल्याउन लागेको नेपाल एयरलाइन्सले जनाएको छ ।

यतिबेला विमानस्थल बाहिर शववाहन गाडीहरु तयारी अवस्थामा राखिएको छ । कागेश्वरी डटकमका संवाददाता सरोज कार्कीका अनुसार तोकिएको समयमै शव लिएर विमान नेपाल आएपनि अहिले कागजपत्र मिलाउने काम भैइरहेको छ ।

[sidebar name="button post"]