१० माघ, काठमाडौं । नागरिक समाजले आगामी सोमबार ‘माघ १२ गते’ प्रधानमन्त्री निवास बालुवाटारमै प्रदर्शन गर्ने भएको छ । संसद विघटनको विरोधमा सुरु भएको बृहत नागरिक आन्दोलनले यसअघि नै बालुवाटारमै प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको थियो ।
सोहीअनुसार प्रदर्शन कार्यक्रम सोमबारका लागि तय गरिएको नागरिक आन्दोलनका प्रतिनिधि युग पाठकले जानकारी दिए । दिउँसो २ बजे कमलपोखरी जम्मा भई कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुबाट माटोको टीका लगाएर बालुवाटारसम्म मार्चपास गर्ने कार्यक्रम तय गरिएको छ ।
मार्चपासका क्रममा कलात्मक प्रस्तुति पनि हुने छन् । संसद विघटन र सबै प्रकारका प्रतिगमनको विरुद्ध कार्यक्रममा सहभागिताका लागि कवि, लेखक, कलाकार,संगीतकर्मी, बौद्धिक, पेशाकर्मी उवम् नागरिक अभियन्तालाई अनुरोध गरिएको छ ।
[sidebar name="button post"]











