कागेश्वरी अपडेट : आज दिनभर देश तथा विदेशमा घटेका मुख्य मुख्य समाचार

आजका मुख्य समाचारमा

ओलीको अराजकताले गर्दा देश र जनताले दुख पाए : प्रचण्ड

९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको अराजकताले गर्दा देश र जनताले दुख पाएको भन्दै प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वितेको तीन वर्ष आफूले उनलाई सुधार्न नसकेकोमा आत्मालोचना गरेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर कति संक्रमित थपिए ?

९ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३०२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितमध्ये ११२ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

ट्रम्प विरुद्धको महाभियोग सुनुवाई फेब्रुअरीको मध्यसम्म स्थगन गर्न रिपब्लीकनको आग्रह

९ माघ, वासिङट्न। अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल आगामी फेब्रुअरीको मध्यसम्म स्थगन गर्न आग्रह गर्नु भएको छ ।

कांग्रेसले नेकपाको कुन समूहसँग मिलेर जाने भन्नेमै नेताहरु विभाजित

९ माघ, काठमाडौं । नेकपा औपचारिक रुपमा विभाजित भैसकेको छैन, तर नेता कार्यकर्ता भने दुई खेमामा प्रष्ट कित्ताकाट गरिरहेका छन् । यही अवस्थामा दुईवटा प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।

शनिबार एउटै जहाजबाट १७ वटा शव नेपाल ल्याउँदै वाइडबडी

९ माघ, काठमाडौं । मलेसियाको क्वालालाम्पुरबाट भोलि शनिबार एउटै जहाजबाट १७ वटा शव नेपाल ल्याइने भएको छ । नेपाल वायुसेवा निगमले यस प्रयोजनका लागि वाइडबडी जहाज ए ३३० क्वालालाम्पुर पाठाउन लागेको हो । जहाज आज राती ११ बजे क्वालालाम्पुर उड्ने छ । जहाजमा २५० हाराहारी यात्रु समेत फर्कनेछन् ।

नेकपा प्रचण्ड–नेपाल समूह, राजधानीका विभिन्न स्थानमा विरोध जुलुस

९ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ प्रचण्ड–नेपाल समूहले राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस निकालेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न नौ स्थानमा भेला भएर नेकपाका नेता, कार्यकर्ता तथा स्थानीय जनसमुदायले जुलुस निकालेका छन् ।

श्रीस्वस्थानी व्रतको लागि बेहुली जस्तै चिटिक्क पारिंदै शालीनदी

रमिता दंगाल ९ माघ , काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत शुरु हुँदैछ। स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मकि विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ ।

सुनचाँदीको भाउमा सामान्य गिरावट, आज तोलाको कति पुग्यो ?

९ माघ, काठमाण्डौ। नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेर ९२ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सरु देवकोटाको संघर्षको कथा : ७५ रुपैयाँ लिएर जुम्लाबाट सुर्खेत हुँदै काठमाण्डौसम्म

सरु देवकोटा २०५० सालमा जुम्लामा जन्मनुभएको हो । उहाँ अहिले काठमाण्डौको बालाजुमा बस्नुहुन्छ । परिवारमा बुवा, आमा, दाई, भाई हुनुहुन्छ । उहाँको परिवार सुर्खेतमा छ । तर देवकोटा काठमाण्डौमा काकाकाकीसँग बस्नुहुन्छ ।

प्रचण्ड-नेपाल समूहको विरोधसभा कारण राजधानीका ट्राफिक व्यवस्थापन अस्तव्यस्त

९ माघ , काठमाडौंका ।  नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहको विरोधसभा तथा शक्ति प्रदर्शनका लागि निस्किएका जुलुसका कारण राजधानीका ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

रुपन्देहीमा एक महिलाको हत्या

९ माघ , रुपन्देही । रुपन्देहीमा ५५ वर्षीया एक महिलाको हत्या भएको छ। इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार गैडहवा गाउँपालिका-२ की कलावति धोबीको शव ननउली गाउँको तोरीबारीमा बेलुका राति ८ बजे फेला परेको हो।

तेस्रो जनआन्दोलनको खाँचो : डा. भट्टराई

९ माघ, बुटवल । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी बैशाखमा चुनाव हुनै नसक्ने ठोकुवा गरेका छन् ।

शङ्खरापुरलाई योग नगरका रूपमा विकास गर्ने लक्ष्य, एक विद्यालय एक योग शिक्षक

९ माघ, काठमाण्डौ। राजधानीको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकाले राष्ट्रिय योग दिवसका अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरेको छ ।

एकै दिन दुई गैँडा मरे, चिसोका कारण मरेको अनुमान

९ माघ, चितवन। चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले दुई गैँडा मरेका छन् । निकुञ्जको पुरानो पदमपुरस्थित अर्ना रहेको क्षेत्रमा एउटा बच्चा र डुमरियामा अर्को भाले गैँडा मरेका हुन् ।

बुटवलमा शीतलहरका कारण चीसो बढेपछि विद्याल बन्द

९ माघ, काठमाडौं । बुटवल उपमहानगरपालिकामा शीतलहरका कारण चीसो अत्याधिक बढेपछि तीन दिनसम्म विद्यालयहरु बन्द गरिएको छ । बिहीबार विहानदेखिको शीतलहर र अत्यधिक चिसोका कारण लुम्बिनी प्रदेशका तराई क्षेत्रको जनजीवन बढी प्रभावित बनेको छ ।

लिभरपुल बर्नलीसँग १–० गोल अन्तरले पराजित

९ माघ, एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । गएराति भएको खेलमा लिभरपुल बर्नलीसँग १–० गोल अन्तरले पराजित भएको हो । बर्नलीको जितका लागि ८३ औँ मिनेटमा पाएको पेनाल्टीमा आस्ले बार्नेसले गरेको गोल नै निर्णायक बन्यो ।

आज मिति वि.सं. २०७७ साल माघ ९ गते शुक्रबार, कस्तो छ तपाईंको राशिफल ?

[sidebar name="button post"]