९ माघ, काठमाण्डौ। नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ सामान्य घटेको छ ।
सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेर ९२ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहिबार सुनको भाउ तोलामा ९३ हजार १ सय रुपैयाँ थियो । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।
[sidebar name="button post"]









