Ad #144479

७ माघ, काठमाडौं । भारतले नेपाललाई १० लाख डोज कोरोना भ्याक्सिन तत्कालै उपलव्ध गराउने भएको छ । स्वास्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।

स्वास्थ तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भने – भारतले दिने भनेको १० लाख डोज भोलि नै काठमाडौं आउनेछ । उक्त खोप अनुदान स्वरुप आउन लागेको हो ।

साथै, चरणवद्ध रुपमा डेढ करोड डोज नेपाललाई दिन भारत तयार रहेको जानकारीसमेत मन्त्री त्रिपाठीले दिएकाछन् । पत्रकार सम्मेलनमा नेपालका लागि भारतीय राजदूत बिनयमोहन क्वात्रासमेत सहभागी थिए ।