आज माघ ४ गते आईतबार, यस्तो छ तपाईंको राशिफल

आजको राशिफल

आज मिति वि.सं. २०७७ साल माघ ०४ गते । आईतबार । इ.स.२०२१ जनवरी १७ तारिक । नेपाल संवत् ११४१ । पौष शुक्लपक्ष । आज काठमाण्डौमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेटमा,सूर्यास्त १७ बजेर ३० मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :

कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानीसँग सम्बन्धीत कामबाट भनेजस्तो आम्दानी हुनेछ । शिक्षा तथा बैकसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिने छ । ईच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :

काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । आफन्त तथा परिवारका साथ उपलब्धि मुलक रमाइलो यात्राको सम्भावना देखिन्छ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउंदै जानेछ । साथीभाई तथा ईष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारिको खोजिमा हुनेहरुले काम पाउने प्रशस्त सम्भावना रहेको छ । काम गर्ने ठाउमा तपाईंको कामको प्रशंसा हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :

सानो प्रयत्नले हुने काम पनि दिनभर लगाएर गर्नुपर्दा समय त्यतिकै व्यतित हुनेछ । बन्द व्यपारमा मन्दी आउने छ । स्वास्थ्यमा समस्या आउने योग रहेको छ । पढाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने छ । साथिभाई तथा छिमेकमा असमजदारी बढ्ने छ । धार्मिक क्षेत्रतिरको यात्रामा मन जाने छ । माया प्रेममा अबिश्वास बढ्ने तथा जीवन साथिसँग मनमुटाब बढ्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :

सत्यता बुझेर अगाडि बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुख पाईने छ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनावश्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहने छ । अरुकै कामका लागि समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाती रहने छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाढिनु पर्ने बाध्यता आउने छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :

सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामबाट पनि फुर्सद पाइनेछ। व्यापारकै शिलशिलामा यात्रा हुने योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :

कुनै पनि विवाद वा प्रतिस्पर्धामा अरुभन्दा पछि परिने छ । मुद्दा मामिला तथा यस्तै क्रियाकलापमा सामेल नहुनु नै राम्रो रहेको छ । आफन्त तथा कुटुम्बसँग मनमुटाब बढ्ने योग रहेकोछ । सत्रुहरुले टाउको उठाउन खोज्नेछन् ध्यान दिनुहोला । व्यापारमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिकी प्रभावित हुनेछ । तपाईंको कामबाट अरुले फाईदा लिन खोज्नेछन् । स्वास्थ्यमा सामान्य समस्या आई खर्च बढ्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :

विभिन्न समस्याको फेस गर्नु पर्दा मानसिक तनाब बढ्नेछ। खुलेर काम गर्ने वाताबरण नहुँदा आर्थिक क्षेत्र धरासाही हुन सक्छ सचेत रहनुहोला । सुधारात्मक क्षेत्रमा गरिएको लगानी त्यसै खेर जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा अली बढि समय दिए सकारात्मक नतिजा निकाल्न सकिनेछ । प्रेम गर्ने जोडिहरु आज टाढै बस्नु उचित छ माया प्रेममा धोका हुन् सक्छ । खानपानमा ध्यान दिनुहोला सामान्य पेट सम्बन्धि समस्या आउन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :

माया प्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरेपनि पद प्रतिष्ठा नपाईने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । तरपनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :

दौडधुप तथा लामो खटाईले मात्र कामरु सम्पादन हुनेछन् । पुराना मुद्दाहरुको निर्णय तपाईँको पक्षमा नआउने तथा नया बिवादमा फस्ने योग रहेकोछ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आएपनि तत्काल भन्दा पनि पछिको लागी फाईदा हुनेछ । आफुभन्दा ठुला तथा प्रतिष्ठित व्यक्तिहरुसँग बिवाद बढ्ने योग रहेको छ । तरपनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :

नराम्रो काम तथा नराम्रा घटनाहरुको सामना गर्नुपर्दा दिनलाई सहि रुपमा सपदुपयोग गर्न सकिने छैन । अध्ययन तथा अध्यापनको क्षेत्र तपाईं आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनैपनि प्रश्तुतिमा भाग लिदा प्रशस्त तयारी गर्नुहोला कमजोरि गरेको वा भएको आभास हुनेछ । तयारी बिनानै प्रश्तुत गरिने कुनै पनि योजना बिफल हुन सक्छ ध्यान दिनुहोला । व्यवसायमा सामान हराउने तथा नाँफा कमाउन अरु दिन भन्दा बढि समय खर्चनु पर्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :

व्यापार व्यवसायमा प्रसस्त नाँफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दापनि सकारात्मक नतिजा हात लागी हुने ग्रहयोग रहेकोछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरी देख्न पाउँदा मन प्रशन्न हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :

समयमा काम नबन्ने हुनाले आर्थिक पाटाहरु कमजोर रहने छन् । लेनदेनको विवादले आत्म सम्मानमा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । टाडाको यात्रा हुने भएपनि यात्राको क्रममा दुःख पाईनेछ । शरीरमा आलश्यता बढेर जानेछ। भौतिक तथा विलाशी वस्तु हराउन सक्छ ख्याल गर्नुहोला । तरपनि विदेशमा बसेर काम गर्नेहरुका लागि वा विदेशी सामानको व्यापार गर्नेहरुका लागी समय राम्रो रहेकोछ ।

राशिफलमा जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस्।

[sidebar name="button post"]