पछिल्लो २४ घण्टामा थपिए ७७ जना कोरोना संक्रमित थपिए

८ चैत्र, काठमाण्डौ। नेपालमा कोरोना भाइरसका ७७ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तीन हजार १८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ७७ जनामा संक्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ९०६ पुगेको छ । पछिल्लो २४ घण्टामा १०६ जना संक्रमित निको भएका छन् । हालसम्म दुई लाख ७१ हजार ९११ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल ९६९ जनामा कोरोनाको सङ्क्रमण सक्रिय रहेको छ । यस्तै, काठमाण्डौ उपत्यकामा भक्तपुरमा दुई, ललितपुरमा पाँच र काठमाडौंमा ३४ जनासहित ४१ जना संक्रमित थपिएका छन् ।

[sidebar name="button post"]