सरकारले थप २० लाख डोज ‘कोभिसिल्ड’ भ्याक्सिन ल्याउने

सरकारले कोरोनाविरुद्धको खोपका लागि भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग थप २० लाख डोज भ्याक्सिन ‘कोभिसिल्ड’ ल्याउने निर्णय गरेको छ । अब आउने भ्याक्सिन जेष्ठ नागरिकलाई दिने सरकारको तयारी छ।’

कोरोनाको महामारीबाट बच्‍न यसअघि सरकारले सेरमसँग २० लाख डोज किनेको थियो। र फेरि थप २० लाख डोज कोरोनाको खोप ल्याउने लागेको हो ।’

अब आउने कोरोनाको खोप १० लाख जनालाई पुग्ने र उक्त भ्याक्सिन जेष्ठ नागरिकलाई लगाइने बताए।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग थप ‘कोभिसिल्ड’ किन्नका लागि रकम पठाउने निर्णय भएको हो ।

[sidebar name="button post"]